राप्तीको भँगालोमा फसेका २६ जनाको सकुशल उद्धार
काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका–५ भगवानपुरघाटस्थित राप्ती नदीको भँगालोमा फसेका २६ जनाको उद्धार गरिएको छ । उनीहरुको सशस्त्र प्रहरी बलले साउन ९ गते मंगलबार बेलुका उद्धार गरेको हो ।
जिल्लाको नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय बासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदीको बहाव बढेपछि भँगालोमा फसेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बीओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्धार सामग्री हित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्धार गरेको जनाइएको छ ।
