हेटौंडाकी एक वृद्धा मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० श्रावण ९, मंगलवार १८:१७
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ हरियाली चोकस्थित आज अपराह्न एक जना वृद्धा मृत अवस्थामा फेला परेकी छन् ।

अपराह्न ४ः४५ बजेको समयमा स्थानीय अन्दाजी ८९ वर्षीया केशरी कुमारी पण्डित मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, ती वृद्धा आफ्नै घरको काठको दलिनमा पटुकाको पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

हाल प्रहरी चौकी पदमपोखरीबाट प्रहरी नायव निरीक्षक शिवशंकर शर्माको कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको र मुचुल्काको लागि ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।