मकवानपुरमा एसपी रिजाल आउने
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जमा प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाल आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले रिजाललाई सोमबार मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको जनाएको छ ।
मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण गौतमले अवकाश पाएसँगै रिजाललाई मकवानपुरमा पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।
प्रहरी उपरीक्षक रिजाल जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।
