करेन्ट लागेर एक जनाको मृत्यु
जनकपुरधाम । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका ६ बस्ने ३५ वर्षीय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोमबार राती खेतमा पानी लगाउने क्रममा पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
