सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको हो । त्यस्तै चाँदीको मूल्य भने घटेको छ ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
मूल्य बढेसँगै आज छापावाल सुनको नयाँ मूल्य तोलामा एक लाख १२ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० र चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम भएको छ ।
सोमबार १ लाख १२ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ४५० रुपैयाँ तेजावी सुनको कारोबार भएको थियो । यस्तै, सोमबार चाँदी १४ सय ६० रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो ।
