हेटौंडामा नक्कली चुक अमिलो उत्पादन र बिक्री वितरणमा रोक

तु खबर संवाददाता
२०८० श्रावण ८, सोमबार १७:०१

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा नक्कली चुक अमिलोको उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाइएको छ ।

बजारमा नक्कली चुक अमिलोको प्रयोग अत्यधिक रहेको र त्यसले जनस्वास्थ्यमा प्रतिकूल असर गरेको जनगुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाले नक्कली चुक अमिलोको उत्पादन, बिक्रीवितरण र प्रयोगमा रोग लगाएको हो ।

बोतलको लेबलमा खाद्य अनुज्ञापत्र नम्बर नभएको त्यस्ता नक्कली चुक अमिलो तथा लेबल विवरण पूर्ण नभएका अन्य खाद्य पदार्थको उत्पादन, बिक्रीवितरण र प्रयोग नगर्न नगराउनसमेत कार्यालयले आग्रह गरेको छ ।