श्रीमतीको हत्या गर्ने पक्राउ
सप्तरी । सप्तरीमा घरायसी विवादमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनलााई पक्राउ गरेको छ ।
जिल्लाको महादेवा गाउँपालिका–२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आफ्लै श्रीमती ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरूबीच घरायसी वादविवादको कारण झैँ–झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी थिइन् । घाइते उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
