जंगली च्याउ खाँदा एक महिलाको गयो ज्यान
डडेल्धुरा । डडेल्धुरामा जंगली च्याउ खाँदा एक महिलाको ज्यान गएको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिका– २ स्थित नवनिर्मित भवनमा काम गर्ने बर्दीयाकी एक महिलाको जंगली च्याउ खाँदा ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान जानेमा बर्दियाको बारबर्दिया गाउँपालिका–७ बस्ने ५० वर्षीया रामदुलारी थारु रहेकी छन् ।
जंगली च्याउ खाएर बिरामी परेकी उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
