मनहरीका शिक्षकलाई मासिकरुपमै तलब उपलब्ध गराइने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमा तलब उपलव्ध गराउने भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ देखि नै सामुदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमा तलब उपलव्ध गराउने भएको हो ।
यसअघि त्रैमासिक रुपमा संघीय सरकारको सशर्त अनुदानबाट तलब भत्ता खाने शिक्षकहरु (दरबन्दी राहत अनुदान कोटाका शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारी) लाई गाउँपालिकाले मासिक रुपमै तलब भत्ता उपलव्ध गराउने नीति ल्याएको शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले जानकारी दिए ।
गाउँपालिकाले ठूलो लगानी गरेको शिक्षा क्षेत्रमा शिक्षकरुको मनोबल वृद्धि र प्रोत्साहनका लागि पनि यो कदम अघि सारिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।
