आज हेटौंडाको विभिन्न फिडरमा विद्युत अवरुद्ध हुने

तु खबर संवाददाता
२०८० श्रावण ५, शुक्रबार ०९:५५
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना सार्वजनिक गर्दै हेटौंडाका विभिन्न फिडरमा अपराह्न १ बजेदेखि ४ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।

प्राधिकरणका अनुसार, आज ३३ केभि फिडर अन्तर्गत पर्ने शिवम् सिमेन्ट र रिद्धिसिद्धि सिमेन्ट र ११ केभि फिडर अन्तर्गत पर्ने रंगशाला फिडर, पदमपोखरी फिडर, एचआईडि फिडर, ग्रामिण फिडर र गढी फिडरमा विद्युत अवरुद्ध हुने भएको हो ।

१३२ केभि प्रसारण लाईनको कन्डक्टर अपग्रेडिङ कार्यको लागि हेटौंडा ग्रिड माहाशाखा अन्तर्गत रहेको कमाने सवस्टेशबाट वितरित सम्पुर्ण ३३ र ११ केभिका फिडरहरु बन्द हुने प्राधिकरणले जानकारी गराएको छ ।