गैंडाको आक्रमणबाट अधिकारीको मृत्यु
चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको रत्ननगर नगरपालिका वडा नं. ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको गैंडाको आक्रमणबाट बिहिबार दिउँसो मृत्यु भएको हो ।
बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जंगलमा खोजी गर्दा आज बिहान उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनको शव घटनास्थलबाट भरतपुर अस्पतालमा पोर्टमार्टमका लागि ल्याउने तयारी छ ।
