राक्सिराङमा गाँजाको विकल्पमा कफी रोपियो
मकवानपुर । राक्सिराङ गाउँपालिकामा लागूऔषध गाँजाको विकल्पमा कफीको विरुवा रोपिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिका–५ ठाडेचुरेमा गाँजाको विकल्पमा कफीको विरुवा रोपिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ४ हजार कफीको विरुवा रोपिनुको साथै १५ हजार विरुवाहरु राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको थियो ।
मास्के मल्टि प्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.लि. चितवनसँगको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कफिको विरुवाहरु रोपिएकोे मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
मास्के मल्टि प्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.लि. चितवनका प्रमुख धन बहादुर श्रेष्ठले ५ लाख बिरुवाहरु हस्तान्तरण गर्ने योजना रहेको जानकारी गराएका छन् ।
