भन्सार विभागले बनायो छानविन समिति

तु खबर संवाददाता
२०८० श्रावण ४, बिहीबार १५:०६

काठमाडौँ । भन्सार विभागले छानविन समिति बनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिमाणको सुन बरामद भएपछि विभागले छानविन समिति बनाएको हो ।

विभागका अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानविन समिति बनाइएको हो । सो समितिले विमानस्थलको भन्सार जाँचपासमा संलग्नहरूको छानविन गर्ने जनाइएको छ ।

समितिले विमानस्थलमा रहेका सिसिटिभी फुटेजबाट छानविन सुरु गर्नेछ । समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानविन गर्नेछ । भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई भन्सार विभागले निलम्बनको तयारीसमेत गरेको छ ।