पोखरीमा डुबेर बालिकाको मृत्यु
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मा घरनजिक रहेको पोखरीमा डुबेर गएराति एक जना बालिकाको मृत्यु भएको छ । पोखरीमा डुबेर स्थानीय ७ वर्षीया पेनिसा चौधरीको मृत्यु भएको हो ।
आफ्नै घरको पछाडि रहेको पोखरीमा डुबेको अवस्थामा उनलाई मृत फेला पारिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, धान रोप्न खेतमा गएका अभिभावक फर्किएर आउँदा पेनिसा घरमा थिइनन् । स्थानीय र अभिभावकले खोजी गर्दा पोखरीमा डुबेको अवस्थामा राति ८ः३० बजेतिर शव फेला परेको हो ।
पोखरीबाट निकालेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
