विषालु च्याउ खाँदा २ जना बिरामी
दाङ । दाङमा मंगलबार बिहान विषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी भएका छन् ।
जिल्लाको गढवा गाउँपालिका– ५ धर्मापुरका ७२ वर्षीय बसन्तु चौधरी र उनकी श्रीमती ७६ वर्षीया छुकनी चौधरी जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका हुन् ।
बिहान खाना खाएका दुवै जनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि गढवा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । उनीहरु दुवैको उपचार गढवा स्वास्थ्य चौकीमा भइरहेको गढवा स्वास्थ्य चौकीले जनाएको छ ।
