नेपाल टप हुने विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाद्वारा सम्मान
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले विभिन्न संकायमा अध्ययन गरी उच्च अंकसहित नेपाल टप हुने विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यार्थीलाई अध्यापनका लागि प्रेरणा मिलोस् भन्ने उद्देश्यसहित उपमहानगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा मकवानपुर बहुमुखी क्याम्पसबाट बिबिए सातौं सेमष्टरमा सहभागी हेटौंडा–९ की सृष्टी महर्जन र मकवानपुर क्याम्पसबाटै २०७८ सालको बिबिएसमा सहभागी हेटौंडा–६ का प्रकाश गौतम रहेका छन् ।
बिबिएम सातौं सेमेष्टरमा सहभागी सृष्टी महर्जन र बिबिएसमा सहभागी प्रकाशले सामुदायिक क्याम्पसतर्फ नेपाल टप गरेका थिए ।
यस्तै, उपमहानगरपालिकाले २०७९ सालको एसईई परिक्षामा हेटौंडा–७ को तासिर इड्डलिस बोर्डिङ स्कुलबाट सहभागी बनेकी डाफिन राईलाई पनि सम्मान गरेको छ । राईले ४ जिपीए ल्याएर जिल्ला टप गरेकी थिइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, उपमहानगरका बिज्ञ सल्लाहकार कृष्ण धिताल, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, तासिर इड्डलिस बोर्डिङका प्रिन्सिपल बिनोद थपलियाको आतिथ्यता रहेको थियो ।
