खोलाले बगाउँदा मकवानपुरका दोङको मृत्यु
मकवानपुर । मकवानपुरमा खोलाले बगाउँदा आइतबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको बागमती गाउँपालिका–१ स्थित ठुलोगुर्दुङ बस्ने अन्दाजी ४६ बर्षीय लघुदोर्जे दोङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, आइतबार बागमती खोला तर्ने क्रममा अचानक खोलाले बगाउँदा दोङको घटनास्थलमै मृत्यु भएको हो ।
