करेन्ट लागेर श्रेष्ठको मृत्यु

तु खबर संवाददाता
२०८० असार २९, शुक्रबार १८:१९
file-photo

काठमाडौं । काठमाडौंको मण्डिखाटारमा शुक्रबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी–३ स्थाई घर भएका २३ वर्षीय सुजन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बुढानिलकण्ठ–९ मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंजमा लगिएको थियो ।

उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।