पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा आज साँझ आएको पहिरोका कारण बाटो अवरुद्ध भएको छ ।
उक्त सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११ सिमानस्थित वर्षासँगै माथिबाट आएको पहिरोका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक सुवास खतिवडाको कमाण्डमा खटिएको प्रहरी टोली पुगेको र पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
