सुनको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?

तु खबर संवाददाता
२०८० असार २८, बिहीबार १५:३२

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

भाउ बढेसँगै बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्त,ै तेजावी सुनको मूल्य पनि बढेर तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदीको भाउ पनि बढेको छ । बुधबार तोलामा १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबार ४० रुपैयाँ बढेर १ हजार ४४० रुपैयाँमा कारोबार भएको हो ।