हेटौंडामा एक जना पुरुष मृत फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ मा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् ।
पर्साको वीरगंज उपमहानगरपालिका–२४, रामगढवा स्थायी घर भई हाल हेटौंडा–१९ स्थित राम गोलेको घरमा डेरा गरी बस्ने अन्दाजी ३० वर्षीय मनोज पटेल मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, पटेल आफ्नै कोठाभित्र फलामको डण्डीमा कपडाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको हो । उक्त घटनाका घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
