स्वास्थ्य मन्त्रालय : काजमा बसेका कर्मचारी फिर्ता गर्ने

तु खबर संवाददाता
२०८० असार २५, सोमबार १७:५१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा बसेका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको छ । गत असार १७ मा भएको स्वास्थ्यमन्त्री स्तरीय निर्णयले साउन १ देखि लागू हुने गरी काजमा रहेक कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएको हो ।

सोमबार मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा ७ बुँदे निर्णय गर्दै सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय मातहतका निकाय र सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम कर्मचारी समायोजन क्रममा फाजिलमा रहेका तथा समायोजन नभएका कर्मचारीलाई मन्त्रालयले आवश्यकता अनुसार कामकाजमा खटाउने भएको छ ।