मृग ठानेर बन्दुक पड्काउँदा गयो आफ्नै साथीको ज्यान

तु खबर संवाददाता
२०८० असार २५, सोमबार १०:२२
file photo

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीले उक्त घटनामा संलग्न छ जनालाई पक्राउ गरेको छ । घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको थियो ।

मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गएराति उनीहलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरेको जनाइएको छ ।