राप्रपा नेपालद्वारा राजसंस्था सम्बन्धी नीति पुनर्विचार गर्न समिति गठन
काठमाडौं । राप्रपा नेपालले राजसंस्था सम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ ।
आइतबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपाध्यक्ष प्रा. डा. विष्णु बहादुर भण्डारीको संयोजकत्वमा प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो ।
समितिको सदस्यमा क्रमशः केशवराज श्रेष्ठ, बसन्तमान सिंह अधिकारी, हिक्मत बहादुर ढकाल, प्रा.नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेका छन् ।
समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकिएको राप्रपा नेपालले जनाएको छ ।
