मिटर ब्याज पीडितलाई गृहमन्त्रीले सम्बोधन गर्ने

तु खबर संवाददाता
२०८० असार २४, आईतवार १५:५७
file-photo

काठमाडौं । मिटर ब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने भएका छन् ।

कानून पारित गर्न माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा रहेका उनीहरुलाई गृहमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले बैशाख २० मा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित नहुने भएका कारण निष्क्रिय भएको छ ।