करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौं । बर्दियाको मधुबन नगरपालिका–३ धनौरामा शनिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ वर्षीय जीवनराज गुरुङ रहेका छन् ।
सोही ठाउँ बस्ने दिल्ली कुमारी रेउलेको खेतमा विद्युतीय मोटर पम्पबाट पानी सिँचाई गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई स्थानीय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल गुलरियामा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७ प्युसनगर बस्ने ४० वर्षीय गयराम लोनीयाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।
जस्ता पाताले आफ्नो घरको छाना छाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय दीप शिखा मेडिकल ईमिलीया उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल तौलिहवामा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
