सुडानमा हवाई आक्रमणमा परी २२ जनाको मृत्यु
ओमदुरमा । सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच जारी द्वन्द्वका बीच भएको हवाई आक्रमणमा परेर २२ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) का अनुसार, राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वका बीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला हो ।
प्रत्यक्षदर्शीसँग कुरा गर्दै बीबीसीले ज्यान गुमाउनेमा महिला र बालबालिका पनि रहेको बताएको छ । उही समयमा र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ज्यान गुमाउनेको संख्या ३१ रहेको बताएको छ ।
समाचार अनुसार सुडानमा देशको सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स) बीच विगत केही दिनदेखि घातक द्वन्द्व चलिरहेको छ, जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन् । एजेन्सी
