आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० असार २४, आईतवार ०८:१६
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षा हुनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

यस्तै, आज राति भने कोशी प्रदेशसहित देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।