पश्चिम बङ्गालमा चुनावी प्रतिस्पर्धी दलबीच झडप हुँदा ४ जनाको मृत्यु
कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावी प्रतिस्पर्धी दलबीच हिंसात्मक झडप हुँदा चार जनाले मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा राजनीतिक दलका कार्यकर्ताको मृत्यु भएको हो ।
एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु भएको हो । विपक्षी दलका कार्यकर्तालाई तर्साउन बम बनाइरहेका बेला उक्त विष्फोट भएको बताइएको छ । उनी कांग्रेस समर्थक कार्यकर्ता थिए ।
प्रहरीले घटनास्थलबाट बम बनाउने सामग्री समेत बरामद गरेको छ । पश्चिम बङ्गालमा शनिबार स्थानीय निर्वाचन हुँदैछ । एजेन्सी
