रबिन तामाङको अन्त्येष्टि आइतबार हुने

तु खबर संवाददाता
२०८० असार २२, शुक्रबार १८:२८

काठमाडौं । चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार हुने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो ।

रबिनका दुई छोरी छन् । उनीहरू फ्रान्समा बस्ने भएकोले उनको दाह संस्कार अलि ढिलो हुन लागेको मुक्ति एन्ड रिभाइभलका गायक मुक्ति शाक्यले जानकारी दिए ।

तामाङको शवलाई अन्त्येष्टि अघि नक्सालमा राखिने भएको छ । रबिनको अन्त्येष्टि भने आइतबार पौने १२ बजे स्वयम्भूमा गरिने भएको छ ।

रबिन मंगलबार बेलुका बुढानीलकण्ठस्थित निजी निवासमा मृत अवस्थामा फेला परेका थिए । पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनको मुटुमा समस्या देखिएको छ ।