श्रीमतीको हत्या गरी खतिवडाले गरे आत्महत्या

तु खबर संवाददाता
२०८० असार २२, शुक्रबार १०:०२

इलाम । इलाममा एक जनाले गएराति श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । जिल्लाको माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलाम प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति करिब १०ः३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको हो ।

राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी गोर्खेका प्रहरी टोली र प्रहरी चौकी जौबारीका टोली घटनास्थलमा पुगेको छ ।

गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।