बागमतीका ६ जना कर्मचारी बढुवाको सिफारिसमा

तु खबर संवाददाता
२०८० असार २२, शुक्रबार ०९:५०
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेशमा कार्यरत ६ जना कर्मचारी ११ औ तहमा बढुवामा सिफारिस भएका छन् ।

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले २०८० बैशाख ११ गते प्रकाशित बढुवा सूचना अनुसार रिक्त पदहरूमा बढुवा समितिको निर्णय अनुसार योग्यता क्रमका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय भएकोले हो ।

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बढुवा समितिको सचिवालय हेटौंडाले आज गोर्खापत्र दैनिकमा बढुवा सिफारिस सम्बन्धी सूचना प्रकाशित गर्दै सो बारे जानकारी गराएको हो ।

प्रदेश सरकारले प्रदेश इन्जिनियरिङ सेवातर्फ ११ तहका लागि लोकनाथ रेग्मी, प्रदेश स्वास्थ्यतर्फ निर्देशक पद ११ औं तहमा नारायण बहादुर कार्की, प्रदेश स्वास्थ्यकै ११ औं तहमा दिपक प्रसाद तिवारी, बसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झालाई बढुवा गरेको हो ।