एसइईको नतिजा सार्वजनिक, गत वर्षको तुलनामा माथिल्लो ग्रेड ल्याउने बढे
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले बिहीबार दिउँसो नतिजा सार्वजनिक गरेको हो ।
गत चैत्र १७ गतेदेखि २९ गतेसम्म संचालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ३.६० देखि चार जीपीए ल्याउने अर्थात ए प्लस जीपीए अंक ल्याएको विद्यार्थीको संख्या २२ हजार ४७५ रहेको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए ।
जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ । गत वर्ष ९ हजार ६३३ विद्यार्थीले मात्रै ए प्सल जीपीए अर्थात ३.६० देखि ४ जीपीए ल्याएका थिए । जुन १.९४ प्रतिशत रहेको थियो ।
त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ विद्यार्थी रहेका छन् । जुन ११.३६ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा यो संख्या पनि बढी हो ।
