हेटौंडा उपमहानगरद्वारा संचालित तालिम समापन

तु खबर संवाददाता
२०८० असार २०, बुधबार ०८:५५

मकवानपुर । हेटौंडामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) को समिक्षासहित सीप विकास तालिमको समापन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले मेडपा कार्यक्रमअन्तर्गत् चालु आर्थिक वर्ष २०७९/०८० मा विभिन्न क्षेत्रमा संचालन गरेको सिलाई कटाइका आधारभूत तथा एड्भान्स कोष मंगलबार समापन गरिएको हो ।

कार्यक्रममा हेटौंडा उपहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले तालिममा सहभागीहरुलाई प्रमाणपत्र र सिलाई मेसिन हस्तान्तण गरेका थिए ।