नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

तु खबर संवाददाता
२०८० असार १७, आईतवार ०७:५८
file-photo

चितवन । नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरामा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार, पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको छ ।

सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रुहरु समस्यामा परेका छन् ।