ग्यास लिक भएर आगलागी हुँदा सार्कीको मृत्यु

तु खबर संवाददाता
२०८० असार १६, शनिबार १५:४२
सांकेतिक तस्वीर

काठमाडौं । भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–९ पलासेका ३३ वर्षीय रामकुमार सार्की रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार, सार्की गत असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।