२८ घण्टापछि संचालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड
काठमाडौं । पहिरोका कारण बिहीबारदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड संचालनमा आएको छ । पहिरो खसेर बिहीबारदेखि अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड २८ घण्टापछि आज अपराह्नबाट संचालनमा आएको हो ।
पहिरो पन्छाएसँगै शुक्रबार साँझ ५ बजेदेखि दुईतर्फी रूपमा सडक संचालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढ–मुग्लिङ सडकखण्डको ३ नम्बर पुल नजिकै बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध हुँदा सवारी आवतजावत बन्द भएको थियो ।
सडकको माथिल्लो भागबाट निरन्तर पहिरो झर्ने क्रम भने यथावत् रहेकाले यात्रा गर्दा सचेत रहनुपर्ने प्रहरीले जनाएको छ ।
