कुटपिट गरी काका र बुबाको हत्या
काठमाडौं । भक्तपुरमा एक जनाले आफ्नै काकाको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।
८१ वर्षीय कृष्ण बहादुर प्रजापतिको हत्या गरेको आरोपमा भक्तपुर नगरपालिका–९ सूर्यमणि बस्ने ३५ वर्षीय नुछे प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण बहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिट पश्चात् फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको उनलाई जनाएको छ ।
उता चितवनमा आफ्नै बुबा ७० वर्षीय दिलबहादुर परियारको हत्या गरेको अभियोगमा भरतपुर महानगरपालिका–२ आदर्शनगर शीतल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीकाअ नुसार, घरायसी विवाद हुँदा टेक बहादुरले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिट पश्चात् फरार रहेका उनलाई वडा प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यी दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
