हेटौंडामा बृक्षारोपण कार्यक्रम
मकवानपुर । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा बिहीबार हेटौंडामा बृक्षारोपण कार्यक्रम गरिएको छ । दिवसको अवसरमा हर्नामाडी सब–डिभिजन वन कार्यालय परिसरमा बृक्षारोपण गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का, सचिव यज्ञनाथ दहाल, वन मन्त्रालय र मातहतका कार्यालयका कर्मचारी लगायतले सीता फल, अशोक, धुपि, गोल्महर, अम्बा, कल्किफुल लगायतका बिरुवाहरु रोपेका थिए ।
यसैगरी, मन्त्री खड्कासहितले हेटौंडा–६ को रक्षादेवी र शान्तिटोलमा पनि बृक्षारोपण गरेका थिए ।
