आज असार १५ गते : दहि चिउरा खाँदै, धान दिवस मनाइँदै
मकवानपुर । आज असार १५ गते शुक्रबार देरभर धान दिवस मनाइँदै छ । प्रत्यक वर्ष असार १५ गतेदेखि मनाउने राष्ट्रिय धान दिवस आज परेको हो ।
धान दिवस वर्षको पहिलो दिन आजबाट नै धान राप्न सुरु गर्ने परम्परा छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा पनि प्रख्यात आजको दिनमा धान रोप्नका लागि उपयुक्त मौसम सुरु भएको दिन मानिन्छ ।
आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि परिचित छ ।
खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । सरकारले २०६१ देखी हरेक वर्षको आजकै दिन राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालिएको हो ।
