सिँचाइको ड्यामबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु

दैलेख । दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर बुधबार साँझ एक बालकको मृत्यु भएको छ ।
सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा एक जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मृत्यु हुनेमा आठबिस–५ बस्ने बिर्खबहादुर थापाका अन्दाजी १४ वर्षीय छोरा उमेश थापा रहेका छन् ।
ड्याम भत्किँदा अन्य छ जना बालबालिका घाइते भएका छन् । घाइतेमध्ये १३ वर्षका किरण बुढामगर भने गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।