सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घट्यो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
