इनारमा डुबेर दुई युवाको मृत्यु

तु खबर संवाददाता
२०८० असार ११, सोमबार १०:२३
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा पसेका थिए । दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए ।