यस्तो छ आजको मौसम पूर्वानुमान

तु खबर संवाददाता
२०८० असार ११, सोमबार ०८:४८
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशभर सामान्य बदली रहनेछ ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेशका धेरै भू–भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

भारी वर्षा र मेघगर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको सबैलाई आग्रह गरेको छ ।