हेटौंडा सिमेन्टको आयोजनामा सरोकारवालहरुसँग अन्तरक्रिया
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले उद्योगको वर्तमान अवस्था, चुनौती र समाधानका उपायहरुका बारेमा सरोकावालाहरुँंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम आइतबार बिहान हेटौंडामा भएको हो ।
अन्तरक्रियामा सरोकारवालाहरुले उघोगलाई जसरी भएपनि बन्दहुनबाट रोक्नुपर्नेमा जोड दिएका छन । कार्यक्रममा उद्योगलाई चलाएमान गराउन जिल्लाका राजनैतिक दलका प्रमुखहरुले खेल्ने भूमिका बारेमा चर्चा भएको थियो ।
कार्यक्रममा उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले जनताको उद्योगलाई जनताले चासो राखेर समस्या समाधानको लागि पहल हुनुपर्नेमा जोड दिए । उनले उद्योग निरन्तर संचालनको लागि आफना योजनाहरु सार्वजनिक गरेका थिए ।
उद्योगका अध्यक्ष गणेश भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु क्रमशः एकलाल श्रेष्ठ, प्रेम बहादुर पुलामी (छिन्तु), लक्ष्मी श्रेष्ठ, मकवानपुरका विभिन्न राजनैतिक दलमा आबद्ध प्रमुखहरु, जनप्रतिनिधिहरु, उद्योगका पूर्ब अध्यक्षहरु, उद्योगमा कार्यरत कर्मचारीहरु, पत्रकारहरुलगायतको सहभागीता रहेको थियो ।
