राक्सिराङ गाउँपालिकाले बसाइँ सरी आउनेलाई घर उपहार दिने

तु खबर संवाददाता
२०८० असार १०, आईतवार १६:२४

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई घर उपहार दिने भएको छ ।

दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले आगामी आर्थिक वर्षबाट अन्यत्रबाट बसाइँसरी आउनेलाई घर उपहार दिने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँसरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँसरी आउनेलाई घर उपहार’ कार्यक्रम संचालन गरिने शनिबार सार्वजनि बजेटमा समावेश गरिएको छ ।

घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुनेछ ।