करिब ४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

तु खबर संवाददाता
२०८० असार १०, आईतवार १५:२७

काठमाडौं । नेपाल सरकारले करिब ४ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सरकारले ३ अर्ब ९१ करोड आन्तरिक ऋण उठाउने भएको हो ।

सोमबार ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत उक्त आन्तरिक ऋण परिचालन हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, सोमबार नै सरकारको २० अर्ब ५० करोड २५ लाख रुपैयाँको विभिन्न अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

२८ दिन अवधिको ४ अर्बको, ९१ दिन अवधिको ६ अर्ब ५० करोड २५ लाख, १८२ दिन अवधिको ५ अर्ब र ३६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।