चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

बागलुङ । बागलुङमा चट्याङ लागेर गएराति दुई जनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ पर्दा उनको ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएका छन् । घाइते विकलाई उद्धार गरी अस्पताल पठाइएको छ ।
यस्तै, चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको जनाइएको छ ।