हेटौंडाबाट १ लाख २५ हजार बराबरको अबैध कपडा बरामद

तु खबर संवाददाता
२०८० असार ९, शनिबार १६:२३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, स्थित रातोमाटे प्रहरी चेकपोष्टबाट प्रहरीले अबैध कपडा बरामद गरेको छ ।

शुक्रबार बिरगंजबाट नारायणगढ जाँदै गरेको ग २ ख ११६५ नम्बरको यात्रु बाहक बसलाई सुरक्षाजाँच गर्दा १ लाख २५ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, बसमा लुकाई छिपाई ल्याएको जिन्स पाईन्ट–९ पिस, बच्चाको कोट सेट–८ पिस, कलर टिसर्ट–११ पिस, टि सर्ट–१२ पिस, फुल सर्ट–३० पिस, हाफ सर्ट–१८ पिस, लेडिज टप–५३ पिस, लेगिज–१२ पिस र लेडिज टिसर्ट–८ पिस बरामद गरिएको हो ।

बरामद कपडालाई नियन्त्रणमा लिई उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।