नगरस्तरीय शैक्षिक समन्वय हेटौंडाको भेला सम्पन्न

तु खबर संवाददाता
२०८० असार ९, शनिबार ०९:४१

मकवानपुर । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको २५ औं साधारण भेला सम्पन्न गरेको छ । भेला नगरस्तरीय शैक्षिक समन्व्य समितिका अध्यक्ष सागरप्रसाद खतिवडाको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको हो ।

नगरस्तरीय शैक्षिक समन्व्य समितिले सम्पन्न अधिवेशन तथा साधारण भेला मार्फत् अनिवार्य अवकाश भएका शिक्षकलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । २०७५ सालपछि अनिवार्य अवकाश प्राप्त भएका ७७ जना शिक्षकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा नगरस्तरीय शैक्षिक समन्वय समितिका सचिव माधव खतिवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने नगर कोषाध्यक्ष दिनेश उप्रेतीले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।